वालिङ नगरपालिकाको सल्लाहरकारमा पत्रकारद्वय शालिकराम सुवेदी र राजेन्द्र पाण्डे मनोनित

भक्तपुर न्यूज

७ फागुन २०८० ५:२३

वालिङ नगरपालिकाको सल्लाहरकारमा पत्रकारद्वय शालिकराम सुवेदी र राजेन्द्र पाण्डे मनोनित

काठमाडौं । पत्रकार शालिकराम सुवेदी र राजेन्द्र पाण्डे वालिङ नगरपालिकाको सल्लाहरकारमा मनोनित भएका छन् । गत माघ २९ गते बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार पत्रकारद्वय सुवेदी र पाण्डे लगायत ४९ जनालाई मनोनित गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले जानकारी दिए ।

सुवेदी लामो समयदेखि टेलिभिजन पत्रकारितामा क्रियाशील छन् भने पाण्डे पूर्व प्रधानन्याधीस तथा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीका प्रेस संयोजक हुन् । नगरपालिकाको विकास र समृद्धिका लागि उनीहरुलाई सल्लाहकारमा मनोनित गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई मनाेनित गरिएकाे छ । पछिल्लाे समय विवादित बन्दै गएकाे नगरपालिकाकाे ध्यान अन्तै माेड्न नयाँ रणनीति अनुसार सल्लाहकार मनाेनित गरेकाे पाइएकाे छ ।

प्रकाशित मितिः २०८० फागुन ०७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *