तनहुँमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १६ जना घाइते

भक्तपुर न्यूज

७ फागुन २०८० ४:४७

तनहुँमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १६ जना घाइते

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडक खण्डमा सोमबार बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बरादी–हिलेखर्कस्थित भित्री सडक खण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।

मृत्य हुनेको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल जीप खसेको थियो। दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मितिः २०८० फागुन ०७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *