एआईलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच सहकार्य
काठमाडौं । काठमाडौंको द ब्रिटिस कलेज ‘टीबीसी’ र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी ‘एमओयूम’ मा हस्ताक्षर भएको छ । आर्टिफिसिएल इन्टेलिजेन्स ‘एआई’ तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनीतिक सहकार्य भएको हो ।
यो सहकार्यसँगै प्रिक्सा टेक्नोलोजीले अब ब्रिटिस कजेलमा एआई, मेसिन लर्निङ, डेटा साइन्स, क्लाउड प्रविधि लगायतका विषयमा विशेष शत्रहरू सञ्चालन गर्नेछ । यस सहकार्य बारे प्रिक्सा टेक्नोलोजीका निर्देशक अनिरुप घिमिरेले नयाँ प्रतिभाको विकास गर्न र सूचना प्रविधिको क्षेत्रमा नवीनतालाई बढावा दिने बताए ।
यस्तै ब्रिटिस कलेजको स्कूल अफ कम्प्युटिङका प्रमुख डा। रोहित पाण्डेले सीपयुक्त विद्यार्थी तयार गर्ने योजना अनुसार प्रिक्सा टेक्नोलोजीसँग सहकार्य गरेको बताए । प्रिक्साले बिट्रिस कलेजमा एआई, मेसिन लर्निङ सम्बन्धि कक्षाका साथै विभिन्न वर्कशप समेत सञ्चालन गर्ने जनाएको छ । विशेष गरी यसबाट बिट्रिस कलेजमा एम्एससीरबीएससी कम्प्युटर साईन्स ‘एआई’ मा भर्ना हुने विद्यार्थीहरुलाई फाइदा हुने कलेजले जनाएको छ ।
ब्रिटिस कलेजले युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्डको सहकार्यमा यसैवर्षदेखि एआई स्पेसिलाइज्ड चार वर्षे एम्एससीरबीएससी कम्प्युटर साईन्स सुरू गरेको छ । प्रिक्सा टेक्नोलोजीले यसअघि नै पुल्चोक ईन्जिनियरिङ क्लेजमा स्नातक र स्नाताकोत्तरमा एआई कोर्ष अध्यापन गराउँदै आएको छ ।
प्रकाशित मितिः २०८० फागुन ०६ आइतबार