दाङमा माेटरसाईकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु, एक गम्भीर घाइते

भक्तपुर न्यूज

६ फागुन २०८० ८:०१

दाङमा माेटरसाईकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु, एक गम्भीर घाइते

काठमाडौं । दाङमा माेटरसाईकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना गम्भीर घाइते भएका छन् । रा ७ प ३१८६ नम्बरकाे माेटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा रूकुम पूर्व भुमे १ का २७ वर्षीय आदर्श पुनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताएका छन् ।

घाेराही उपमहानगरपालिका- १८ मा माेटरसाइकल दुर्घटना हुँदा घाइते पुनकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । माेटरसाइकलमा सवार अर्का गम्भीर घाइते साेही ठाँउकै ३५ वर्षीय रामकुमार पुनकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा उपचार भइरहेकाे छ ।

प्रकाशित मितिः २०८० फागुन ०६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *