क्यानडा-११ विरुद्ध नेपाल ‘ए’ को दोस्रो विकेट गुम्यो, मयन यादव ३५ रनमा आउट
काठमाडौं । क्यानडा–११ विरुद्धको एकदिवसीय खेलमा नेपाल ‘ए’ ले दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटको रूपमा ओपनर मयन यादवलाई गुमाएको हो ।
उनी १४.३ ओभरमा ३५ रनमा आउट भए । मयनलाई १४.३ ओभरमा हर्ष ठाकरले आउट गरे । नेपालले पहिलो विकेटको रूपमा अर्जुन कुमाललाई गुमायो ।
उनी ७.५ ओभरमा चार रनमा आउट भए । अर्जुन क्यानडाका कप्तान सादबिन जाफरको बलमा आउट भएका हुन् । मूलपानी क्रिकेट ग्राउन्डमा भइरहेको खेलमा क्यानडा–११ विरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले पहिलोपटक ‘ए’ टिमको अवधारणा प्रयोग गर्न लागेको हो । नेपालको ‘ए’ टिममा घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका र राष्ट्रिय टिमबाट बाहिरिएका खेलाडी समावेश छन् ।
प्रकाशित मितिः २०८० फागुन ०६ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
