पानी भरिएको बाल्टीमा डुबेर १ वर्षीया बालिकाको मृत्यु
काठमाडौं । पानी भरिएको बाल्टीमा डुबेर १ वर्षीया बालिकाको मृत्यु भएको छ। कैलालीको टीकापुर नगरपालिका – १ शान्तिनगरकी सृतना चौधरीकी छोरी आरोहीको शनिबार पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नल्का (पानी तान्ने कल)मा भरेर राखिएको पानीको बाल्टीमा डुबेर आरोहीको मृत्यु भएको हो। शनिबार उनी चमेलीपुर मामाको घर गएकी थिइन्।
बाल्टीमा डुबेर गम्भीर घाइते भएकी उनको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मितिः २०८० फागुन ०६ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३५
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
११ असार २०८२ १४:३२