एपीएफले मधेसलाई दियो २४७ रनको विशाल लक्ष्य

भक्तपुर न्यूज

४ माघ २०८० ७:१२

एपीएफले मधेसलाई दियो २४७ रनको विशाल लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले मधेश प्रदेशलाई २४७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले ९ विकेट गुमाउँदै २४६ रन बनाएको हो ।

एपीएफका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५९ रन बनाए । उनले ६९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले ७४ बलमा ५ चौका र २ छक्कासहित ५८ रन बनाए । नट आउट रहेका अमर रौतेला अर्धशतक पूरा गर्नबाट १ रनले चुके । सन्दीप जोराले २० रन बनाएका थिए ।

४८.३ ओभरमा हातमा बलले लागेर रिटायर्ड हर्ट अभिनाश बोहरा लगातार २ विकेट गएपछि पुन मैदान फर्किएका थिए । उनी ८ रनमा नट आउट रहे । मधेशका लागि रुपेश सिंह र प्रदिप पासवानले समान ३/३ विकेट लिए । रञ्जित कुमारले २ र अरनिको यादवले १ विकेट लिए ।

प्रकाशित मितिः २०८० माघ ०४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *