चितवनको मानव सेवा आश्रममा आश्रित एक पुरुषको मृत्यु

भक्तपुर न्यूज

४ माघ २०८० ६:१३

चितवनको मानव सेवा आश्रममा आश्रित एक पुरुषको मृत्यु

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–३ बेलचोकस्थित मानव सेवा आश्रममा आश्रित एक पुरुषको आश्रममै मृत्यु भएको छ। अन्दाजी ४६ वर्षीय नवीन कुमार परियारलाई गएको पुस २५ गते उद्धार गरी आश्रममा लगिएको थियो।

परियारको बुधवार बिहान ९ः४५ बजे मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ। उनको मृत्युको कारण खुलेको छैन। मानव सेवा आश्रमले सडक पेटिमा भेटिएका असहाय एवम् असक्तलाई उद्धार गरी संरक्षण दिँदै आएको छ।

प्रकाशित मितिः २०८० माघ ०४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *