सुनसहित पक्राउ परेका डिएसपी ठगबहादुर केसी बर्खास्त
काठमाडौं । ३५ तोला सुनसहित पक्राउ परेका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन्। भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी गृहमन्त्रालयले उनलाई बर्खास्त गरेको हो।
इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख हुँदा केसीले सुन व्यापारीहरूसँग रकम असुली गरेको सूचनापछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।
गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको ३५ तोला सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन गरी घर खानतलासी गर्दा सुन फेला परेको थियो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२२ वैशाख २०८२ ११:५५