दाउरा खाेज्न गएकाे बेला नदीमा फसेका ५ जनाको उद्धार

भक्तपुर न्यूज

९ साउन २०८० १३:०१

दाउरा खाेज्न गएकाे बेला नदीमा फसेका ५ जनाको उद्धार

काठमाडौं । रुपन्देहीका विभिन्न नदीको बीचमा फसेका पाँच जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ । बुटवल उपमहानगरपालिका १३ र १४ को सीमाना दानव नदीमा दाउरा खोज्न गएर फसेका एक जना, तिनाउ नदीमा फसेका एक जना र मायादेवी गाउँपालिका ३ बेथरीमा तिनाउ नदीमा फसेका तीन जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बुटवल–२ पाखापानीमा बस्दै आएका ६४ वर्षीय मीनबहादुर गाहा, मायादेवी गाउँपालिका–६ का २६ वर्षीय अबदेश पाल, २० वर्षीय सुनिल पाल र सीयारी गाउँपालिका–२ का अबदेशकुमार यादवकाे उद्धार गरेकाे हाे ।

यसैगरी प्रहरीले बुटवल–११ टपमजुवाकाे तिनाउ नदी किनारमा रहेको हरिलाल गाहाको घरको सामान सुरक्षित ठाउँमा सारेको छ । नदीले घर कटान गरी केही भाग बगाएपछि प्रहरीले घरको सामान सुरक्षित ठाउँमा सारेको हो ।

प्रकाशित मितिः २०८० साउन ०९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *