त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुखमा पाण्डे नियुक्त

भक्तपुर न्यूज

९ साउन २०८० ११:२०

त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुखमा पाण्डे नियुक्त

काठमाडौं । सहसचिव टोकराज पाण्डे त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुखमा नियुक्त भएका छन् । यसअघि यातायात व्यवस्था विभागको प्रमुख रहेका पाण्डेलाई अर्थमन्त्रालयमा सरुवा गरेर त्रिभुवन भन्सार प्रमुखको जिम्मेवारी दिइएको हो ।

एक क्विन्टल सुन प्रकरणपछि अर्थ मन्त्रालयले अरुण पोखरेलको स्थानमा सहसचिव टोकराज पाण्डेलाई भन्सार प्रमुखको जिम्मा दिएको हो । पाण्डेलाई सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा केही दिन अघि मन्त्रिपरिषदले अर्थमा ल्याउने निर्णय गरेको थियो ।

आर्थिक वर्ष नसक्किएसम्म कुनै पनि कर्मचारीको सरुवा नगर्ने बताएका अर्थमन्त्री प्रकाशशरण महतले नयाँ आर्थिक बर्ष सुरु भएपछि सरुवा सुरु गरेका हुन् । दुई महिने घर बिदामा रहेका त्रिभुवन विमानस्थल भन्सारका प्रमुख अरुण पोख्रेललाई अर्थमा तानिएको छ । उनी भदौ १५ गतेसम्म बिदामा छन् ।

प्रकाशित मितिः २०८० साउन ०९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *