नगर प्रमुख प्रजापतिसँग विद्यार्थीहरूको साक्षात्कार

भक्तपुर न्यूज

४ साउन २०८० १२:४७

नगर प्रमुख प्रजापतिसँग विद्यार्थीहरूको साक्षात्कार
भक्तपुर । भक्तपुर नगरपालिकाका नगर प्रमुख प्रजापतिसँग भक्तपुर नपा वडा नं. ८ लिबालीस्थित बाल विकास इ·लिस सेकेन्डरी स्कूलको कक्षा ९ र १० मा अध्ययरत विद्यार्थीहरुले बिहीबार साक्षात्कार गरेका छन् ।
विद्यार्थीहरुलाई भक्तपुर नपामा स्वागत गर्दै प्रमुख प्रजापतिले भक्तपुरको संक्षिप्त इतिहासबारे अवगत गराउँदै भक्तपुर नपाबाट सञ्चालित कलेजहरुको शैक्षिक विशेषताहरुबारे जानकारी दिए ।
सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने, २१औं शताब्दीको लागि योग्य र देशभक्त नागरिक तयार गर्ने तथा समाजलाई बद्धद्धिजिवीकरण गर्ने भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्थाहरुको मुख्य उद्देश्य भएको बताउँदै उनले  शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, खेलकुद लगायतका क्षेत्रमा भक्तपुर देशकै सक्रिय र चलायमान नगरपालिकाको रुपमा परिचित रहेको बताए ।
ख्वप सर्कल आफैमा एउटा विश्वविद्यालयको रुपमा सञ्चालनमा रहेको बताउँदै उनले विश्वविद्यालय सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा नगरपालिकाले विशेष जोड दिंदै आएको बताए ।
शिक्षा क्षेत्रमा धेरै पछाडि परेको भक्तपुर आज देशभरिका विद्यार्थीहरुको उत्कृष्ट गन्तव्यस्थलको रुपमा विकास गर्न भक्तपुरका अग्रजहरुको उल्लेखनीय योगदान रहेको बताउँदै उनले भक्तपुर नपाले वार्षिक ४ करोडभन्दा बढी छात्रवृत्ति वितरण गरी विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा महत्वपूर्ण सहयोग प्रदान गर्दै आइरहेको बताए ।
विद्यार्थीको जिज्ञासामाथि प्रष्ट पार्दै प्रमुख प्रजापतिले भने , ‘विद्यार्थीहरुले परीक्षामा चिट चोर्नु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हो’ । भक्तपुरमा अध्ययतरत विद्यार्थीहरुलाई भक्तपुरको इतिहास, पहिचान र विशेषताबारे जानकारी दिन ९२ वटै विद्यालयहरुमा स्थानीय पाठ्यक्रम सन्दर्भ सामाग्री लागू गर्दै अध्ययन अध्यापनमा जोड दिंँदै आएको उनले बताए  ।
अनुशासित विद्यार्थी अरुको तुलनामा सबै क्षेत्रमा अगाडि बढ्ने बताउ“दै उहा“ले विद्यार्थीहरुलाई देश र समाजप्रति जिम्मेवार भई फरक शैलीमा अगाडि गर्न मार्गनिर्देश गरे ।
कार्यक्रममा उपस्थित विद्यार्थीहरुले नगर प्रमुख प्रजापतिसमक्ष घरदैलो नर्सिङ सेवा सञ्चालनका फाइदा र चुनौती, ख्वपको पहिचान पाठ्य सामाग्री उपलब्धता, छात्रवृत्ति वितरण, विद्यार्थीहरुको शारीरिक र मानसिक विकासमा नगरपालिकाको भूमिका, ख्वप  विश्वविद्यालय सम्बन्धन प्राप्त गर्न ढिलाइ हुनुका कारण, भक्तपुर नपाको आत्मनिर्भरताको शुत्र, विद्यालयमा खेल शिक्षक वा खेल प्रशिक्षकको बन्दोबस्त आदिबारे जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *