नयाँ बानेश्वरमा मिटरब्याज पीडितको प्रदर्शन, १० जनाभन्दा बढी पक्राउ

भक्तपुर न्यूज

४ साउन २०८० १२:०६

नयाँ बानेश्वरमा मिटरब्याज पीडितको प्रदर्शन, १० जनाभन्दा बढी पक्राउ

काठमाडौं । संसद घेराउ गर्न गएका मिटरव्याजी पीडितहरू पक्राउ परेका छन्। निषेधित क्षेत्र तोडेर संसद घेराउ गर्न नयाँ बानेश्वर पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले १० जनाभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो।

हालै संसदबाट पास भएको मिटरब्याजसम्बन्धी विधेयक आफ्नो पक्षमा नभएको भन्दै पीडितहरू काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका छन्। उनीहरूले पीडितलाई न्याय दिनेभन्दा पनि साहुलाई संरक्षण गर्ने कानुन ल्याएको भन्दै सरकारको विरोध गर्दै आएका छन्।

प्रकाशित मितिः २०८० साउन ०४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *