फिफा वरीयतामा नेपालको स्थान यथावत

भक्तपुर न्यूज

४ साउन २०८० १०:५६

फिफा वरीयतामा नेपालको स्थान यथावत

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५औँ स्थानमा यथावत छ ।

नेपाल दक्षिण एसियाली वरीयतामा पनि तेस्रो स्थानमा यथावत छ । दक्षिण एसियाली वरीयताको शीर्ष स्थानमा रहेको भारत एक स्थान उक्लिदै ९९औँ स्थानमा पुगेको छ ।

दोस्रो स्थानको माल्दिभ्स १५५औँ स्थानमा, चौथो स्थानको भुटान १८५, पाँचौँ स्थानको बंगलादेश १८९औँ स्थानमा, छैटौँ स्थानको पाकिस्तान २०१औँ स्थानमा र फिफाको प्रतिबन्धमा रहेको श्रीलंका २०४औँ स्थानमा छ ।

फिफा वरीयताको शीर्ष स्थानमा अर्जेन्टिना यथावत छ । यस्तै, दोस्रो स्थानमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौँ स्थानमा बेल्जियम पनि यथावत छन् ।

प्रकाशित मितिः २०८० साउन ०४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *