बरामद भएको सुन ब्रेक सु सहितको तौल जोख्दा १५५ केजी

भक्तपुर न्यूज

४ साउन २०८० १०:४९

बरामद भएको सुन ब्रेक सु सहितको तौल जोख्दा १५५ केजी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बुधबार बरामद गरिएको सुन जोखिएको छ । राष्ट्र बैंकको टक्सारमा पोकासहित सुन जोख्दा १५५ किलो भएको राजस्व अनुसन्धान विभाग स्रोतले जनाएको छ ।

उक्त तौल सुन पोको पारिएको बाकस, त्यसमा बेरिएको कपडा, कार्टुन र ब्रेक सुसहितको हो । तस्करले स्कुटरको ‘ब्रेक शु’ भित्र लुकाएर सुन ल्याएका थिए । कुल एक सय ६० वटा ब्रेक सु फेला परेकोमध्ये एउटाबाहेक सबैमा सुन रहेको पाइएको विभाग स्रोतले जानकारी दिएको छ । अहिले ती ब्रेक सुबाट सुन निकालेर जोख्ने तयारी भइरहेको छ ।

सुनको वास्तविक तौल सार्वजनिक हुन अझै केही समय लाग्नसक्ने बताइएको छ ।

प्रकाशित मितिः २०८० साउन ०४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *