त्रिभुवन विमानस्थलबाट भेटिएन थप सुन

भक्तपुर न्यूज

४ साउन २०८० १०:२४

त्रिभुवन विमानस्थलबाट भेटिएन थप सुन

काठमाडौं । क्याथे प्यासेफिकको विमानबाट तस्करीको सुनसँगै आएका बाँकी प्याकेटमा सुन हुन सक्ने शंकासहित गरिएको अनुसन्धानमा थप सुन नभेटिएको राजश्व अनुसन्धान विभागले जनाएको छ।

करिब एक क्विन्टल सुन भित्र्याएको कम्पनीले नै मगाएको उक्त प्याकेटमा सुन रहेको आशंकासहित विभागको टोली विमानस्थल पुगेर विषेश अनुसन्धान गरेको थियो। अप्रेसनमा रहेका भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार विमानबाट आएका अन्य प्याकेटमा सुन नभेटिएको हो।

महानिर्देशक पौडेलले भने, “क्याथे प्यासेफिकको विमानबाट ३६ वटा प्याकेटहरु आएका थिए। १३ वटा प्याकेट बाँकी थिए। ती प्याकेट खोलेर हेर्दा सुन फेला परेन, अन्य सामानहरु थिए।”

प्रकाशित मितिः २०८० साउन ०४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *