लागूऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन्। कैलालीकाे कैलारी गाउँपालिका-३ सुर्मिनलाबाट अवैध लागूऔषध ब्राउनसुगर ८ सय ३० मिलिग्रामसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-१४ सि गाउँ बस्ने २७ वर्षीय बिक्रम लामिछाने मगर, सोही ठाउँ बस्ने १८ वर्षीय र १७ वर्षीय दुई किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१-०११ प ७८४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
रूपन्देहीबमे सैनामैना नगरपालिका-४ कुस्माबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय मनिस दर्लामीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
धादिङकाे गल्छी गाउँपालिका-६ महेसदोभानबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १० किलोसहित गजुरी गाउँपालिका-७ किरानचोक बस्ने ५० वर्षीय भगवान पण्डितसमेत दुईजनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरीले बा.प्र.-०३-००१ ह ११४२ नम्बरको अटो जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
इलामको कन्यामबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका –५ का २१ वर्षीय प्रशिस खड्का र सूर्योदय –६ का २४ वर्षीय समिर तामाङ रहेका छन् । हिजो राति सवारी जाँच गर्नै क्रममा उनीहरुका साथबाट ब्राउन सुगरजस्तो देखिने वस्तु तीन ग्राम बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले बताए ।
झापाबाट इलामतर्फ आउँदैगरेका उनीहरुलाई बा २१ च ७९७१ नम्बरको गाडीबाट पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक राईले जानकारी दिए ।
प्रकाशित मितिः २०८० साउन ०४ बिहिबार