त्रिभुवन विमानस्थलबाट १० हजार डलरसहित विदेशी नागरिक पक्राउ
काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले नेपाल एअरलाइन्सको उडानमार्फत् काठमाण्डौदेखि दुबई जान लागेका लेबनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई पक्राउ गरेकाे हाे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे हाते झोला जाँच क्षेत्रबाट झोलामा लुकाएर लैजान लागेको एक सय दरका एक सय थान अमेरिकी डलर फेला पारेपछि उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ।
पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको छ ।
प्रकाशित मितिः २०८० साउन ०२ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२५ वैशाख २०८२ १०:५४
पिएसजी च्याम्पियन्स लिगको फाइनलमा
२५ वैशाख २०८२ १४:४८
“अपरेशन सिन्दूर” जारी : भारतीय विमान अपहरणकारी अजहर २६ वर्षपछि मारिए
२५ वैशाख २०८२ १०:५३
चेन्नई सुपर किंग्सको तेस्रो जित
२५ वैशाख २०८२ १०:५८