काठमाडौँमा सवारी साधन पार्किङ शुल्क निर्धारण, कति छ शुल्क ?

भक्तपुर न्यूज

१ साउन २०८० १२:२२

काठमाडौँमा सवारी साधन पार्किङ शुल्क निर्धारण,  कति छ शुल्क ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि निर्धारण गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी दिइन् ।

उनले आम सेवाग्राहीको गुनासो सुनुवाइ गर्न र सवारी साधनको पार्किङ शुल्कमा एकरूपता ल्याउन सो शुल्क निर्धारण गर्नु परेको बताइन् । जस अनुसार काठमाडौं महानगरपालिका भित्र २ पाङग्रे सवारी साधनले आधा घण्टाको पार्किङ शुल्क भने १५ रुपैयाँ मात्रै तिर्नुपर्ने हुन्छ । एक घण्टाको २५ रुपैयाँ र एक घण्टा भन्दा बढी थप हुँदै गयो भने हरेक १५ मिनेटमा ५/५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको पनि उपमेयर डंगोलले बताइन् ।

उनका अनुसार ४ पाङग्रे सवारी साधनले भने आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ । एक घण्टाका लागि ७५ रुपैयाँ तिनुपर्नेछ । त्यो भन्दा बढी समय थप भए हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने पनि महानगरपालिकाले जनाएको छ ।

उपमेयर डंगोलले भनिन्, ‘धेरैको गुनासो, आम नागरिकको गुनासो पार्किङ शुल्क कतै कति, कतै कति । फरक, फरक भयो । यो हुँदाखेरि चाही सेवाग्राही पनि अन्यौलमा । र, सँगसँगै सेवा दिनु हुनेहरूलाई पनि कसरी रेट तोक्ने भन्ने खालको अन्यौल । त्यस कारण महानगरपालिकाले शुल्क पनि तोकेको छ । जसले पार्किङ गर्नु हुन्छ । जसले गर्दा हरेक ठाउँमा एकरूपता आओस् । पार्किङ शुल्कमा एकरूपता आओस् भन्ने उद्देश्यका साथमा तोकेको छ ।’

प्रकाशित मितिः २०८० साउन ०१ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *