चिकित्सा शिक्षा : स्नातक तहको म्याचिङ प्रक्रिया आइतबारदेखि सुरु हुने

भक्तपुर न्यूज

११ भदौ २०७८ ९:५९

चिकित्सा शिक्षा : स्नातक तहको म्याचिङ प्रक्रिया आइतबारदेखि सुरु हुने

काठमाडौं । चिकित्सा शिक्षा तर्फको स्नातक तहको म्याचिङ प्रक्रिया आइतबारदेखि हुने भएको छ। चिकित्सा शिक्षा आयोगले स्नातक तहको एमबिबिएस, बिडिएस लगायतका चिकित्सा शिक्षामा भर्ना प्रक्रियाका लागि आइतबार देखि म्याचिङ प्रक्रिया सुरु गर्ने तयारी गरेको छ।

आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले आइतबार म्याचिङ सम्बन्धि सूचना प्रकाशित गर्ने तयारी भइरहेको जानकारी दिए।कोरोना संक्रमणका कारण लामो समयदेखि चिकित्सा शिक्षा तर्फको स्नातक तहको पढाइ सुरु हुन सकेको थिएन।

आयोगले साउन ९ देखि १३ गतेसम्म एकीकृत प्रवेश परीक्षा लिएको थियो। प्रवेश परीक्षाको नजिता तथा पुनर्योगको नजिता समेत सार्वजनिक गरिसकेको छ। म्याचिङ सुरुभएसँगै विद्यार्थी भर्ना प्रक्रिया सुरु हुने छ।

प्रकाशित मितिः २०७८ भाद्र ११ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय