यस्तो छ कागतीको औषधीय महत्व

भक्तपुर न्यूज

२० चैत २०७७ ७:१३

यस्तो छ कागतीको औषधीय महत्व

काठमाडौं । ताजा कागतीको रसलाई चिसो मिश्री पानीसँग मिलाई पिएमा शरीरमा स्फूर्ती दिलाउनुको साथै दिमागलाई पनि शान्त राख्ने काम गर्दछ ।

– मनतातो पानीसँग थोरै नुन राखेर खाँदा शरीरलाई तातोको साथै रुघाखोकीलाई पनि ठीक गर्दछ ।

-बेसार र नुनपानीमा कागतीको रस मिलाई पिउनाले गर्मीको रुघाखोकीमा लाभ दिन्छ ।

-यसको दैनिक प्रयोगले भोक जगाउँछ, खानालाई पचाउनुको साथै रगतलाई शुद्ध राख्छ । यसले छालाका सम्पूर्ण रोगहरु पनि ठीक गर्दछ ।

– एक लिटर मनतातो पानीमा १०/१५ थोपा कागतीको रस राखी बिहान खाली पेटमा पिउनाले मोटोपन एवम् कोलेस्ट्रोल बढ्ने जस्ता रोगलाई समाधान गर्दछ ।

प्रकाशित मितिः २०७७ चैत्र २० शुक्रवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *