कपाल फुल्नबाट जोगाउने यस्तो छ घरेलु उपचार विधि

भक्तपुर न्यूज

२० चैत २०७७ ७:०४

कपाल फुल्नबाट जोगाउने यस्तो छ घरेलु उपचार विधि

काठमाडौं । स्त्री तथा पुरुष दुवैका लागि कपाल सुन्दर हुनु राम्रो मानिन्छ ।

वर्तमान समयमा कपालमा विभिन्न प्रकारका समस्याहरुले जन्म लिइरहेका छन् । कुनै प्रकारका सङ्क्रमण बढी रसायनयुक्त खानाको प्रयोग, अप्रमाणित स्याम्पुको प्रयोग आदि जस्ता विभिन्न कारणहरुले कपालमा अनेक रोगहरु उत्पन्न हुन्छन् ।

जसमा कपाल फुल्नुलाई पनि एक समस्याको रुपमा लिने गरिन्छ । यस रोगबाट छुट्कारा पाउन निम्नानुसारको उपचार पद्धति अपनाउनु जरुरी हुन्छ ।

घरेलु उपचारविधि

– समुद्रफललाई पानीमा पिसेर तीन महिनासम्म कपालमा लगाउनाले कपाल कालो हुन्छ ।

– इन्द्रायणको विउको वेल सेतो कपालमा लगाउनाले कपाल कालो हुन्छ ।

– हर्रो, बर्रो, अमला निमको पात, मृगराज आदि सबैलाई बराबर मात्रामा लिई कालो गाईको पिसाबमा मिलाई पिसेर केही समयसम्म निरन्तर टाउकोमा लगाउनाले कपाल कालो हुन्छ ।

– शरदऋतुको समय छ भने हरियो अमला टिपेर १०/१२ वटा अमलाको भित्री माग फाली पिस्नुहोस् । पिसिसकेपछि उक्त धुलो टाउकोमा लगाउनाले कपाल कालो हुन्छ । यसलाई २/३ घण्टासम्म टाउकोमा लगाई साबुन प्रयोग नगरी नुहाउनुहोस् ।

-ताजा ओखरलाई दुधमा पकाई उक्त दूधबाट मथेर घ्यू निकाल्नुहोस् उक्त घ्यूलाई कपालमा लगाउनाले कपाल कालो हुन्छ ।

प्रकाशित मितिः २०७७ चैत्र २० शुक्रवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *