खर्बुजा खानुका फाइदा

भक्तपुर न्यूज

१९ चैत २०७७ १०:४३

खर्बुजा खानुका फाइदा

काठमाडौं । खर्बुजामा प्रशस्त मात्रामा भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट पाइन्छन्। अमेरिकन जर्नल अफ हाइपरटेन्सनमा प्रकाशित अध्ययनका अनुसार खर्बुजा खाने व्यक्तिमा उच्च रक्तचाप तथा मुटु सम्बन्धी रोग लाग्न पाउँदैन।

खर्बुजामा पाइने भिटामिन सी तथा अन्य एक्सिडेन्टले क्यान्सर बगाउने फ्रिरेडिकल बन्न दिँदैन र क्यान्सरबाट बचाउँछ। त्यसैगरी यसमा पाइने लाइकोपिन नामक तत्वले प्रोस्टेट क्यान्सर हुन नदिने अध्ययनहरुले देखाएको छ। साथै खर्बुजामा प्रशस्त मात्रामा पाइने भिटामिन सीले दमको रोगी बन्न दिँदैन।

खर्बुजामा प्रशस्त मात्रामा पाइने पानी र फाइबरले पाचन प्रणालीलाई सन्तुलित राख्न मद्दत गर्छ। खर्बुजामा ९२ प्रतिशत पानी र प्रसस्त मात्रामा खनिज पाइन्छ। गर्मी मौसममा हाम्रो शरीरबाट बाहिर जाने पानीलाई खर्बुजाले सन्तुलित पार्छ। छालाका तेल ग्रन्थीमा तेल बन्न भिटामिन ए चाहिन्छ। त्यसैगरी शरीरका तन्तुहरु, छाला तथा रौंको वृद्धिको लागि भिटामिन ए जरुरी हुन्छ। खर्बुजामा पाइने भिटामिन ए ले यो जरुरत पुरा गरी छालालाई स्वस्थ राख्न मद्दत गर्छ।

खर्बुजामा प्रशस्त मात्रामा पाइने कोलिन सुत्दा, मांसपेसी चलाउने कामका लागि चाहिन्छ। त्यस्तै सिकाइ तथा याद गर्ने प्रक्रियामा पनि चाहिन्छ। शरीरमा थकाइको दुखाई कम गर्न तथा चिल्लो पदार्थलाई सोस्ने कोलिन पनि खर्बुजाको सेवनबाट पाइन्छ।

प्रकाशित मितिः २०७७ चैत्र १९ बिहिवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *