वीरेनून राखेको पानी पिउँदा स्वास्थ्यलाई लाभदाय

भक्तपुर न्यूज

३१ चैत २०७७ ८:५३

वीरेनून राखेको पानी पिउँदा स्वास्थ्यलाई लाभदाय

काठमाडौं । बिहान उठेर पानी पिउने बानी धेरै मानिसको हुन्छ । यो स्वास्थ्यका दृष्टिकोणले राम्रो काम हो ।

तर केही मानिस बेड टी भन्दै बिहान उठ्नेबित्तिकै चिया वा कफी पिउन खोज्छन् । यसरी खाली पेटमा चियाकफी पिउनुचाहिँ स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

बिहान सबेरै उठेर वीरेनून राखेको पानी पिउँदा स्वास्थ्यलाई अद्भुत लाभ प्राप्त हुन्छ । वीरेनून अरू नूनभन्दा राम्रो हुन्छ । यो नून राखेको पानी नियमित रूपमा पिउने गर्दा पोषक तत्त्वका स्तर बढेर शरीरलाई निकै लाभ पुग्छ ।

वीरेनूनमा आयोडिन पर्याप्त मात्रामा पाइन्छ । शरीरमा तरल पदार्थको सन्तुलन कायम राख्न यो नून प्रभावकारी हुन्छ । तरल पदार्थको असन्तुलन रहँदा मांसपेशी दुख्ने र टाउको चट्किने समस्या आउँछ ।

तर वीरेनूनमा भएको सोडियम, पोटेसियम, क्याल्सियम र म्याग्नेसियमले मासंपेशीलाई खुम्चिन दिँदैन । अनि म्याग्नेसियम एन्टी इन्फ्लेमेटरी भएकाले टाउको दुखेको निको हुन्छ । पाचन प्रणालीमा सुधारका लागि पनि वीरेनून राखेको पानी लाभदायक हुन्छ । यसले पाचनलाई सहायता गर्ने एन्जाइमलाई उत्तेजित गरी पेटमा हाइड्रोक्लोरिक एसिड उत्पादनलाई प्रोत्साहित गर्छ ।

वीरेनून राखेको पानीमा आवश्यक इलेक्ट्रोलाइटहरू हुनाले यसलाई पिउँदा ऊर्जा आउँछ । सादा पानीले पनि शरीरबाट विषाक्त तत्त्वहरू बाहिर निकाल्छ तर वीरेनून हालेको पानीले विष निकाल्नुका साथै शरीरलाई आर्द्र राख्न सहायता गर्छ ।

राम्रो निद्रा ल्याउन र तौल घटाउन पनि यो लाभदायक हुन्छ । एजेन्सी

प्रकाशित मितिः २०७७ चैत्र ३१ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *