रिसबारे १० प्रेरक प्रसङ्ग : सहि हुनुहुन्छ भने रिसाउनु पर्दैन, गलत हुनुहुन्छ भने रिसाउने तपाईलाई कुनै अधिकार नै छैन !

भक्तपुर न्यूज

३० चैत २०७७ ८:४६

रिसबारे १० प्रेरक प्रसङ्ग : सहि हुनुहुन्छ भने रिसाउनु पर्दैन, गलत हुनुहुन्छ भने रिसाउने तपाईलाई कुनै अधिकार नै छैन  !

काठमाडौं । रिस कति हानीकारक छ ? कति नोक्सान पुर्याउँछ रु त्यो धेरैले आफ्नो जीवनमा अनुभव गरेकै हुन्छ । पारिवारिक जीवन विघटन हुनेदेखि व्यवसायिक तथा तपाईको पेशागत जीवन पनि खतरामा पर्न सक्छ । यसैले रिस आगो हो भनिन्छ । आगो जस्तै नियन्त्रण गर्न नसके सल्किन्छ ।

रिसलाई पचाउनु पर्छ । नियन्त्रण गर्न सक्नु बुद्धिमानी हुन्छ यसैले विभिन्न विद्धानहरुले रिसबारे धेरै बोलेका पनि छन् । रिस उठ्दा चिच्याउन शक्ति चाहिदैन तर, नियन्त्रण गर्न धेरै शक्ति चाहिन्छ । मुख्य कुरा तपाई यदि सहि हुनुहुन्छ भने रिसाउनु पर्दैन, गलत हुनुहुन्छ भने रिसाउनुको कुनै अधिकार हुँदैन ।

कुनै अवस्थामा रिसाउनु पछाडि जायज कारणहरू हुन सक्छन्‌। जस्तै, आफ्ना केही सङ्‌गी उपासकहरूले थिचोमिचो भोगेको कुरा सुनेपछि नहेम्याह नाम गरेका वफादार पुरुषलाई “साह्रै रिस उठ्‌यो।”— बाइबलले उल्लेख गरेको छ । तर रिसाउने मानिस र तिनी वरपर भएकाहरूको लागि अनियन्त्रित रिस हानिकारक हुन्छ भनी बाइबल सिकाउँछ।

यस्ता छन् रिस सम्बन्धी टिप्पणीहरुः

१. रिसको भावनाले रिसाएको व्यक्तिलाई भन्दा आफैलाई सधै चोट पुर्याउछ ।

२. रिस उठ्दा चिच्याउन शक्ति चाहिदैन, रिस नियन्त्रण गर्न धेरै शक्ति चाहिन्छ । रिसको बेलामा बोलेका शब्द यति कठोर हुन्छन जसले एकै मिनेटमा हजारौ सुन्दर चीजहरुको नष्ट गर्न सक्छ ।

३. रिस धेरै खतरा हुन्छ जो सधैँ कमजोर माथि नै पोखिन्छ ।

४. यदि तपाइँ सहि हुनुहुन्छ भने रिसाउनु पर्दैन र गलत हुनुहुन्छ भने रिसाउने कुनै अधिकार छैन ।

५. रिस आगोको आगो हो यसले आगोलाई वशमा पार्न सक्ने मानिसले निभाउन सक्नेछ भने आगो नियन्त्रण गर्न नसक्नेले आफैलाई जलाउने छ ।

६. रिस यस्तो अवस्था हो जसमा जिब्रो दिमाग भन्दा छिटो चल्छ ।

७. रिसमा जवाफ नदिनुहोस्, खुशीमा वाचा नगर्नुहोस् र दुःखमा निर्णय नगर्नुहोस् ।

८. जसरी उमालेको पानीमा छवि देख्न सकिन्न त्यसरी नै रिसको बेलामा सत्य देख्न सकिन्न ।

९. एउटा मानिस बिहान देखि बेलुकासम्म काम गर्दा थकित हुँदैन तर रिस र चिन्ताले एक क्षणमा थकित हुन्छौ ।

प्रकाशित मितिः २०७७ चैत्र ३० सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *