अनुहारको दाग हटाइ छालामा चमक ल्याउने प्राकृतिक उपायहरू

भक्तपुर न्यूज

२७ चैत २०७७ ९:०३

अनुहारको दाग हटाइ छालामा चमक ल्याउने प्राकृतिक उपायहरू

काठमाडौं । अनुहारमा देखापर्ने दागले अनुहारको सुन्दरतामा ह्रास ल्याउँछ । प्राकृतिक रूपमा यस्ता दाग हटाउन यी उपाय उपयोगी हुन सक्छन्ः

कागतीको रस
दाग भएको ठाउँमा कागतीको रस लगाएर आधा घण्टापछि सफा पानीले सफा गरेमा दाग हराउँदै जान्छ । नतिजा देखापर्न दुई÷तीन महिनासम्म नियमित कागतीको रस लगाउने गर्नुपर्छ ।

स्ट्रबेरी
पाकेको स्ट्रबेरीको पेस्ट बनाई नियमित दाग भएको ठाउँमा लगाउने र १५ मिनेटपछि चिसो पानीले धुने गर्नाले केही सातापछि नै दाग हराउँदै गएको महसुस गर्न सकिन्छ ।

खरबुजा
खरबुजाको रसमा चामल मिसाएर अनुहारमा लगाई १५ मिनेटपछि धुने गर्नाले केही सातापछि दाग कम हुँदै जान्छ ।

मेवा
पाकेको मेवालाई दाग लागेको ठाउँमा हल्का मसाज गर्ने र २० मिनेटपछि मनतातो पानीले धुने गर्नाले दाग हराउँछ ।

घ्यूकुमारी
छालाको समग्र सुन्दरताका लागि घ्यूकुमारी ज्यादै उपयोगी वनस्पति हो । यसको गुदीलाई दाग भएको ठाउँमा लगाई ४५ मिनेटपछि धुने गर्नाले एक महिनाभित्रैमा सुधार देख्न सकिन्छ ।

बदाम
बदामलाई पानी अथवा दूधमा १२ घण्टा भिजाई यसको बोक्रा फाल्ने र गुलाबजलसँग लेप बनाउने । यसरी तयार पारेको लेप दाग लागेको ठाउँमा दल्ने र सुकेपछि धुने । यसो गर्नाले दाग हराउँदै जान्छ ।

जाइफल
जाइफललाई मरिचसँग मिसाई पिस्ने र काँचो दूधमा यसको लेप बनाई अनुहारमा दल्ने । त्यसको दुई घण्टापछि अनुहार धुने । यसो गर्नाले दागसँगै डन्डीफोर पनि हराएर जान्छ । तर, जाइफलको नियमित प्रयोग गर्नु चाहिँ हुँदैन ।

जैतुनको तेल
दाग भएको ठाउँमा जैतुनको तेल लगाउनाले पनि दाग हराउँदै जान्छ ।

चन्दन
चन्दन घोटेर गुलाबजल अथवा दूधसँग मिसाई लेप बनाएर दाग भएको ठाउँमा दल्ने र एक घण्टापछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।

अनुहारमा देखापर्ने दागले अनुहारको सुन्दरतामा ह्रास ल्याउँछ । प्राकृतिक रूपमा यस्ता दाग हटाउन यी उपाय उपयोगी हुन सक्छन् । अनुहारको दाग हटाई गोरो बनाउने ज्यादै सजिलो घरेलु तरिकाहरु :

१) निमको पातलाई पिसेर लेदो बनाएर लगाउदा छालाको रोग प्रतिरोध क्षमता बढाउँछ । यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ।

२) पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ।

३) दूधमा ल्याक्टिक एसिड पाइन्छ । काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्नुपर्छ ।

४) काक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ । काँक्रोको पेस्ट, मुल्तानी माटो र रोज वाटरको प्याक बनाएर लगाउँदा अनुहारमा चमक आउँछ ।

एजेन्सी

प्रकाशित मितिः २०७७ चैत्र २७ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *