वैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन हुने

भक्तपुर न्यूज

२६ चैत २०७७ ७:२५

वैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन हुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ।

मन्त्रालयले अभियानका क्रममा आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्र पठाएको छ।

अभियान अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइने छ। यस्तै ६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लामा वितरण समेत गरिने छ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले मन्त्रालयले ११ बुँदे निर्णय गर्दै अभियानका क्रममा सोही अनुसार अगाडि बढ्न भनेको छ। मन्त्रालयले अभियानका क्रममा जनस्वास्थ्यका मापदण्ड पालना गर्नेदेखि बालबिलकाको पाखुराको मध्य परिधिको नाप लिने कार्यक्रम स्थगन गर्नेसम्मको रहेको छ।

प्रकाशित मितिः २०७७ चैत्र २६ बिहिवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *