चिनियाँ प्रयोगशालाबाट कोरोना भाइरस विकास नभएको पुष्टि गर्न थप अनुसन्धान आवश्यकः डब्लुएचओ

भक्तपुर न्यूज

१८ चैत २०७७ १०:१८

चिनियाँ प्रयोगशालाबाट कोरोना भाइरस विकास नभएको पुष्टि गर्न थप अनुसन्धान आवश्यकः डब्लुएचओ

काठमाडौं । कोरोना भाइरस चीनको प्रयोगशालामा विकास गरिएको भन्ने थ्यौरी पूर्णरुपमा खारेज गर्नका लागि थप अनुसन्धानको खाँचो रहेको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले जनाएको छ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले अहिलेसम्मको अनुसन्धान र प्रमाणहरुबाट कोरोना भाइरस प्रयोगशालाबाट चुहावको सम्भावना निकै कम रहेको बताएका छन् ।

कोरोना भाइरसको संक्रमण पहिलो पटक चीनको हुवान प्रान्तमा डिसेम्बर सन् २०१९ मा देखिएको थियो । त्यसयता सो भाइरसले विश्वव्यापी रुपमा महामारीको रुप लिइसकेको छ । कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म २७ लाख भन्दा बढि मानिसको ज्यान गइसकेको छ।

चीन सरकारले भाइरस प्रयोगशालाबाट चुहावट भएको भन्ने कुरा अस्वीकार गर्दै आएको छ। केही पश्चिमा देश तथा वैज्ञानिकहरुले भाइरस प्रयोगशालाबाट मानिसमा फैलिएको आशंका गर्दै आएका छन्।

प्रकाशित मितिः २०७७ चैत्र १८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *