माइग्रेन के कारणले हुन्छ ? यसको औषधि लिएकाहरुले कसरी नियन्त्रण गर्ने ?

भक्तपुर न्यूज

१३ चैत २०७७ ११:५६

माइग्रेन के कारणले हुन्छ ? यसको औषधि लिएकाहरुले कसरी नियन्त्रण गर्ने ?

काठमाडौं । माइग्रेन एक एक वंशाणुगत रोग हो । यो एक न्यूरोलोजिकल अवस्था हो, जसले बहुलक्षणहरू निम्त्याउन सक्छ । यसमा विशेषगरी तीव्ररुपमा टाउको दुख्ने समस्या देखापर्ने गर्छ । माइग्रेनका भएकाहरुमा मुख्यता वाकवाकी आउनु तथा वान्ता हुने, बोल्नमा कठिनाई हुने, केहि चाल थाहा नपाउने, शरीरका अंगहरु झमझमाउनु, प्रकाश र ध्वनी प्रति झर्काे मान्ने जस्ता लक्षणहरु देखिने न्युरोलोजिष्ट डा. सामार्थ सिंह बताउँछन्।

माइग्रेनलाई सबैभन्दा पहिला पहिचान गर्नुपर्छ। के कारणले बिरामीको माइग्रेनलाई ट्रिगर भइरहेको छ, त्यसको पनि पहिचान गर्नुपर्ने हुन्छ। यस सम्बन्धमा चिकित्सकले बिरामीलाई यसकारणले माइग्रेनको एट्याक आइराखेको छ भनेर जानकारी गराउनु पर्ने डा. सिंहको भनाइ छ । माइग्रेनको पहिचान भइसकेपछि यसलाई चिकित्सा विज्ञानमा थुप्रै किसिमले नियन्त्रण र निर्मूलन गर्न सकिने उनले जानकारी दिए।

सर्वप्रथम कसैलाई माइग्रेन एट्याक भईरहेको छ भने उसलाई तत्कालको लागि एबोर्टिभ थेरापी पद्धतिबाट उपचार गर्न सकिन्छ। एबोर्टिभ थेरापी भन्नाले तत्काल माइग्रेन एट्याकलाई रोक्न विशेष औषधिहरु चलाउनु हो ।

त्यसैगरी, कसैलाई टाउको दुखिरहेको छ भने र उक्त एट्याक एकदमै क्रोनिक छ । अर्थात् बारम्बार एट्याक भइराख्नु र लामो समयसम्म टाउको दुख्ने बिरामीहरुलाई चिकित्सा विज्ञानले प्रोफाइल एक्सीसमा राख्न सुझाव दिन्छ र यस्तो अवस्थामा बिरामीलाई ३ देखि ६ महिनासम्म औषधि दिएर राखिने डा. सिंहले बताए। औषधिले पनि काम गरेन भने बिरामीको टाउकोमा अवस्थित ट्रेजिमिनल नशालाई लठ्याउने सुई पनि प्रयोग गर्न सकिन्छ। माइग्रेन भएका बिरामीहरुको ट्रेजिमिनल प्रणाली थोरै अल्टर भएको डा. सिंह सुनाउँछन्।

माइग्रेन लामो समयसम्म रहिरह्यो र यसलाई उपचार बिना त्यसै छाड्यो भने यसले कुनै कुनै बेला मस्तिष्कमा परिवर्तन ल्याउन सक्छ। त्यसैगरी, माइग्रेनको एट्याकलाई एकछिनको लागि रोक्नका लागि पेनकिलर प्रयोग गर्न सकिन्छ। यद्यपि लामो समयसम्म पेनकिलर सेवन गर्दा यसले अर्को जटिलता निम्त्याउन सक्ने उनले बताए। माइग्रेनलाई सफल तरिका नियन्त्रण र निर्मूलन नेपालमै हुने उनले जानकारी गराए।

माइग्रेनबाट बच्ने उपाय सर्वाप्रथम यसको उचित चेकजाँच गर्नु पर्छ। माइर्ग्रेन छ भन्ने पत्ता लागिसकेपछि यसलाई केले ट्रिग्रर गर्छ भन्नेबारे पहिचान हुन आवशयक पर्छ। उदाहरणका लागि कसैलाई धुवाँधुलोले एट्याक हुन सक्छ भने कसैलाई चर्को आवाज, मदिरा, चुरोटले पनि हुने गरेको डा. सिंहल जानकारी दिए। उक्त ट्रिगर पत्ता लागेपछि डाक्टरको उचित परामर्श पश्चात औषधिको सेवन गर्न आवश्यक हुने उनले बताए।

माइग्रेनको उपचार कहिल्यै पनि घरमा गर्न सकिँदैन। यद्यपि जीवनशैलीमा थोरै परिवर्तन ल्यायो भने यसलाई नियन्त्रण र रोकथाम गर्न सकिने डा. सिंहले जानकारी दिए। माइग्रेनका बिरामीहरु चकेजाँच गरिसकेपछि औषधि सेवन गर्नु अनिर्वाय हुन्छ।

औषधि सेवन गरिरहेका माइग्रेनका बिरामीहरुले कसरी नियन्त्रण गर्ने

१. औषधि समयमा लिनुपर्ने
२.जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने
३. समयमा खाना खानुपर्ने
४.पर्याप्त मात्रामा पानी पिउनुपर्ने (दैनिकरुपमा ६ देखि ८ गिलास पानी पिउनुपर्ने)
५. दैनिक ६ देखि ८ घण्टा सुत्नुपर्ने
६. स्क्रिन टाइम घटाउनु पर्ने अर्थात् टिभी, मोबाइल, ल्यापटप, कम्प्युटर अत्याधिक नहेर्ने । बीच बीचमा ब्रेक लिँदै हेर्ने ।
७. हेडेक डायरी राख्ने अर्थात् टाउको कतिबेला दुख्छ, के कारणले दुखेको हो, के खाँदा दुखेको सबै टिपोट गर्नुपर्ने ।
८. उचित शारीरक व्यायाम वा योग गर्नुपर्ने
९. धुमपान तथा मध्यपान नगर्ने वा कटौती गर्ने

प्रकाशित मितिः २०७७ चैत्र १३ शुक्रवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *