किवी खानुका यी फाइदा

भक्तपुर न्यूज

१३ चैत २०७७ ७:४५

किवी खानुका यी फाइदा

काठमाडौं ।  किवी अत्यन्त लोकप्रिय फल हो । स्वादिलो यो फल खानेहरु धेरै हुन्छन्, तर यसबाट हुने फाइदाबारे जानकार कमै होलान् । जे होस्, यो फल खाँदा हुनसक्ने चार फाइदाबारे जान्नु राम्रो नै हुनेछः

घाउलाई थप बिग्रनबाट जोगाउँछ
भिटामिन सी भरपूर मात्रामा पाइने भएकाले किवीले एन्टी-अक्सिडेन्टको काम गर्छ । यसले हाम्रो शरीरलाई विभिन्न इन्फेक्सन बनाउने कामबाट मुक्त राख्छ ।

कोलेस्ट्रोल कन्ट्रोल गर्छ 
किवीले कोलेस्ट्रोल कन्ट्रोलमा पनि ठूलो सहयोग पुर्याउँछ । यसको नियमित सेवन गर्ने हो भने शरीरमा कोलेस्ट्रोल बढ्न पाउँदैन । यसले मुटुसँग सम्बन्धी विभिन्न रोग लाग्नबाट पनि बचाउँछ ।

जोर्नी दुख्ने समस्या भएकालाई फाइदाजनक
किवीमा यस्तो गुण हुन्छ जसले अर्थराइटिस (बाथरोग) भएका बिमारीहरुलाई सहज बनाउँछ । जोर्नी दुख्ने समस्या भएका व्यक्तिहरुलाई यसले निकै ठूलो फाइदा गर्छ । यसले शरीर भित्र भएका अन्य समस्याहरुबाट पनि दुःख मुक्त गराउन धेरै सहयोग गर्छ ।

कब्जियत हुन दिँदैन 
किवीमा फाइबरको मात्रा निकै धेरै हुन्छ । किवीको नियमित सेवनका कारण कब्जियत समस्या भएकाहरुलाई यो रोगबाट मुक्तिसमेत मिल्छ । एजेन्सी

प्रकाशित मितिः २०७७ चैत्र १३ शुक्रवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *