गोलभेडाको सेवनबाट उत्पन्न हुने ८ समस्याहरु

भक्तपुर न्यूज

१२ चैत २०७७ ७:५७

गोलभेडाको सेवनबाट उत्पन्न हुने ८ समस्याहरु

काठमाडौं । आवश्यक भन्दा धेरै खाइयो भने हरेक खानेकुरा स्वास्थ्यका लागि हानिकारक हुन्छ । यो कुरा गोलभेडामा पनि लागू हुन्छ । तरकारी, सूप अथवा सलाद, गोलभेडाको प्रयोग करिव हरेक चीजमा गरिन्छ ।

त्यसो त गोलभेडा खानुको विभिन्न फाइदा छन् , तर यसको मात्रा बढि भयो भने धेरै हानी पनि पुऱ्याउँछ ।

पेट खराब हुन्छ

गोलभेडा खानाले पाचन तन्त्र स्वस्थ रहन्छ तर यदि यसलाई धेरै मात्रामा खाएमा यसको ठीक उल्टो असर हुन सक्छ । जुन मानिसलाई इरिटेबल बोएल सिंड्रोमको समस्या छ, उनीहरुलाई गोलभेडा अलिकति मात्र धेरै भयो भने पेट फुल्ने समस्या हुन सक्छ । यसबाहेक गोलभेडाको मात्रा धेरै हुँदा पखाला पनि लाग्न सक्छ ।

एसिड रिफ्लक्स

गोलभेडामा धेरै एसिड हुन्छ । यदि तपाईंलाई रिफ्लक्स अथवा छाति पोल्ने समस्या छ भने तपाईंले अत्यन्त कम मात्रामा नै गोलभेडा सेवन गर्नु पर्छ । गोलभेडाले पेटमा एसिड बढाउँछ, जसका कारण पाचनको समस्या बढ्न सक्छ ।

किड्नीमा स्टोनको समस्या

गोलभेडामा पर्याप्त मात्रामा पोटाशियम हुन्छ । जुन मानिसमा किड्नीको समस्या हुन्छ, उनीहरुललाई पोटाशियम कम लिने सल्लाह दिइन्छ । गोलभेडामा अक्सलेट हुन्छ, जसले किड्नीमा स्टोन बनाउने काम गर्छ । यदि पहिलेदेखि नै किड्नीमा स्टोनको समस्या छ भने गोलभेडा कति खाने भन्ने बारेमा डाक्टरसंग सम्पर्क गर्नु पर्छ ।

ब्लड प्रेशरको समस्या

काँचो गोलभेडामा सोडियम धेरै कम हुन्छ र यसले हाई ब्लड प्रेशरलाई कम गर्छ तर यदि तपाईंले डब्बामा बन्दा भएको गोलभेडा अथवा गोलभेडाको सूप प्रयोग गर्नु हुन्छ भने यो तपाईंका लागि हानिकारक हुन सक्छ । यसमा भारी मात्रामा सोडियम प्रयोग गरिएको हुन्छ । जसले ब्लडप्रेसर बढाउने काम गर्छ ।

एलर्जीको समस्या

जुन मानिसलाई हिस्टामिन कम्पाउन्डबाट एजर्ली हुन्छ, उनीहरुलाई गोलभेडाको एलर्जी रिएक्शन हुन सक्छ । जसका कारणले एक्जिमा, रेशेज, चिलाउने, घाँटि खसखसाउने र अनुहार सुनिने हुन सक्छ । जुन मानिसलाई गोलभेडाबाट एलर्जी हुन्छ, उनीहरुले अलिकतिमात्र बढि सेवन गऱ्यो भने सास फेर्न समस्या हुन्छ ।

यूरिनरी ट्याक्ट इन्फेक्शन

गोलभेडामा एसिड धेरै हुन्छ र धेरै मात्रामा खानाले पित्त ९ब्ल्याडर० पोल्न थाल्छ । यदि तपाईंलाई यूरिनरी ट्रेक्ट इन्फेक्बनको समस्या छ भने गोलभेडा बढि मात्रामा सेवन गर्नाले तपाईंको समस्या झन बढ्छ ।

मांसपेशिमा समस्या

गोलभेडामा पाइने हिस्टामिन कम्पाउण्डले जोर्नीको दुखाई र सुनिने समस्या हुन सक्छ । गोलभेडामा पाइने सोलनिनका कारणले पनि केहि मानिसलाई इन्फ्लेमेशनको समस्या हुन्छ । गोलभेगडा धेरै मात्रामा खाँदा गाँठो र मांसपेशिको दुखाई बड्छ ।

माइग्रेनको पीडा

स्वास्थ विशेषज्ञका अनुसार गोलभेडाको बढि मात्रामा सेवनले माइग्रेको दुखाई बढाउने काम गर्छ । विशेषज्ञका अनुसार खानपानमा परिवर्तन गरेर माइग्रेनलाई ४० प्रतिशतसम्म नियन्त्रित गर्न सकिन्छ । यदि तपाईं पनि माइग्रेनको दुखाईबाट पीडित हुनु हुन्छ भने गोलभेडाको सेवन कम मात्रामा गर्नु राम्रो हुन्छ ।

प्रकाशित मितिः २०७७ चैत्र १२ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *