शाकाहारीहरूलाई हुन सक्छ प्रोटीनको कमी, खानुुस् यस्ता खानेकुरा

भक्तपुर न्यूज

१० चैत २०७७ ७:०२

शाकाहारीहरूलाई हुन सक्छ प्रोटीनको कमी, खानुुस् यस्ता खानेकुरा

काठमाडौं । प्रोटीन शरीरका सबै कोशिकाहरूमा भेटिन्छ । यसले कोशिका र मांसपेशी निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

यसले नै छाला, कपाल र हाडहरूलाई बलियो बनाउन मद्दत गर्छ । शरीरमा जाने दैनिक क्यालोरीको लगभग ३५ प्रतिशत भाग प्रोटीनबाटै प्राप्त हुन्छ ।

एक व्यक्तिले आफ्नो शरीरको तौलको हिसाबमा ०.८ ग्राम प्रोटीन लिनुपर्ने हुन्छ । मासुबाहेक प्रोटीनका स्रोतका जानकारी यहाँ दिइन्छ ।

दाल
नेपालमा सबैले दाल खान्छन् । यसमा भएको प्रोटीन र पोषक तत्त्व शरीरका लागि लाभदायक हुन्छ । एक कप दालमा १७.८६ ग्राम प्रोटीन हुन्छ । दिनदिनै दाल पिउने गर्नुस् ।

काबुली चना
छोला पनि भनिने काबुली चना पनि दालकै एक प्रकार हो । यसको सूप वा तरकारी बनाएर खान सक्नुहुन्छ । भुटेर पनि यसलाई खान सक्नुहुन्छ । एक कप छोलामा १४.५३ ग्राम प्रोटीन हुन्छ ।

मुँगको दाल
मुँगमा प्रोटीन, आइरन, फाइबर र अनेक किसिमका पोषक तत्त्व हुन्छन् । एक कप मुँगको दालमा १४.१८ ग्राम प्रोटीन हुन्छ ।

सिमी
सिमीमा पोटेसियम, फाइबर र आइरन हुन्छ । यसको तरकारी बनाएर खाँदा मीठो हुन्छ । एक कप सिमीमा ११.५८ ग्राम प्रोटीन हुन्छ ।

मटर
हरियो मटर सबैलाई मन पर्ने खानेकुरा हो । यसमा प्रोटीन तथा अन्य पोषक पदार्थहरू पाइन्छन् । यसको तरकारी वा सूप बनाएर खदान सकिन्छ । एक कप हरियो मटरमा ८.५८ ग्राम प्रोटीन हुन्छ ।

प्रकाशित मितिः २०७७ चैत्र १० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *