कालो चिया पिउनुका फाइदाहरु
काठमाडौं । सामान्यतया बिहान जोकोहीँ घरमा पाक्ने गर्छ चिया । बिहान उठेर चिया पिउने बानी धेरैको हुन्छ । सबैको रोजाइमा पर्ने चिया पनि विभिन्न प्रकारका हुन्छन् । दुध चिया, कालो चिया, कागती चिया तथा अन्य । जसमध्ये कालो चिया पिउनु स्वास्थ्यको लागि निकै लाभदायी हुन्छ । स्वादका लागि अरु चिया मिठो हुने भएता पनि कालो चिया पिउनु स्वास्थ्यको हिसाबले धेरै राम्रो हुन्छ ।
यस्ता छन् कालो चिया पिउनुका फाइदाहरु ।
–नियमित रुपमा कालो चिया पिउनाले तौल र पाचन प्रणाली व्यवस्थित हुन्छ ।
–नियमित रुपमा एक कप कालो चिया पिउनाले क्यानसर रोगबाट बच्न सकिन्छ ।
–छिटो भोक लाग्ने समस्याबाट छुटकारा पाइन्छ ।
–ग्यास्ट्रिकको समस्या हुँदैन ।
–हर्ट एट्यक खतरा कम हुन्छ ।
–कालो चियामा पाइने एन्टिअक्सिडेन्ट्सले शरीरमा भएको बोसोलाई कम गर्दछ ।
–पसिना गन्हाउने समस्याबाट छुटकारा पाइन्छ ।
–साइनस, डायरिया, निमोनिया जस्ता रोग लाग्ने सम्भावना कम गर्छ ।
–मुटुजन्य समस्याको खतरा पनि हुँदैन ।
प्रकाशित मितिः २०७७ चैत्र ८ आइतबार