दूध स्वास्थ्यका लागि मात्रै होइन, अनुहारमा निखारता ल्याउन पनि प्रभावकारी

भक्तपुर न्यूज

१ चैत २०७७ ११:५९

दूध स्वास्थ्यका लागि मात्रै होइन, अनुहारमा निखारता ल्याउन पनि प्रभावकारी

काठमाडौं । दूधमा कैयौं गुण हुन्छन् । शरीर स्वस्थ राख्नुका साथै तपाइँको अनुहारको सुन्दरतामा निखारता ल्याउन पनि उपयुक्त हो । महिलाहरु आफ्नो सुन्दरताका लागि कैयौं प्रकारका फेसियल सामग्री प्रयोग गर्दछिन् । तर, ती सबै छाडेर घरेलु उपाय अपनाउँदा आर्थिक वचत मात्रै होइन, चाहेजस्तो सुन्दरता पाउन सकिन्छ ।

घरेलु वस्तुमध्येमा एक दूध हो । आज हामी तपाइँलाई दूधको प्रयोगबाट कसरी अनुहारमा निखारता ल्याउन सकिन्छ भन्नेबारे जानकारी दिँदैछौं ।

मह र दूध

अनुहारमा देखिने दाग हटाउन दूधमा मह मिलाएर लगाउन सकिन्छ । यसलाई खान पनि सकिन्छ । जसले छालालाई नरम पनि बनाउाछ । छाला गोरो बनाउनका लागि एक सानो चम्चा मह दूधसँग मिलाएर अनुहारमा लगाउने र १० मिनेटसम्म त्यतिकै रहन दिनुहोस् । यसपछि सफा पानीले धुनुहोस् ।

रंगमा निखार र मुलायम त्वचा

दूधले पूरै शरीरमा मसाज गर्नाले छाला मुलायम बन्छ र निखार आउँछ । दुई चम्चा दूधमा एक चम्चा मह मिलाएर पूरै शरीरमा भ्यास्लिनजसरी दल्नुहोस् । यसले छालामा कडानपन कम हुन्छ । साथै दूधमा गुलाब जल मिलाएर पूरै शरीरमा दल्नाले विस्तारै तपाइँको छालामा निखारता आउनेछ ।

अनुहारको चाउरी हटाउन सहयोगी

अनुहारमा देखिने चाउरीपनका कारण तपाइँको सुन्दरतामा ह्रास आउँछ । तर, दूध यसका लागि सबैभन्दा उपयुक्त औषधि हो । दुई चम्चा महमा चार चम्चा दूध मिलाएर लेदो बनाउने र आफ्नो अनुहारमा दल्नुहोस् ।

ओठ नरम र गुलाबी बनाउनुहोस्

ओठ कालो हुँदै गएको छ भने दूध लगाउनाले कालोपन हटाउन सकिन्छ । यदि तपाइँको ओठ फाटोको छ भने पनि राति सुत्नुअघि दूधमा एक थोपा कागती मिसाएर लगाउनुहो । बिहान उठ्दा तपाइँको ओठ गुलाबी र नरम हुन्छ ।

प्रकाशित मितिः २०७७ चैत्र १ आईतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *