ओठ कालो भएमा यसका लागि घरेलु उपायहरु

भक्तपुर न्यूज

२३ फागुन २०७७ ७:०५

ओठ कालो भएमा यसका लागि घरेलु उपायहरु

काठमाडौं । चुरोट, बिँडी जस्ता पदार्थहरु पिउनु स्वास्थ्यका लागि हानिकारक छ । यसको लतले शरीरमा विभिन्न अंगमा गम्भीर असर पनि पुर्याउँछ । धुम्रपानको लतले ओठ तथा दाँतहरुको रंग पनि परिवर्तन गराउँछ ।

चुकन्दर

चुकन्दर खाँदा शरीरमा रगतको मात्रा बढ्छ । यसले छालालाई पनि चम्किलो बनाउँछ । साथै, ओठलाई पनि गुलाबी बनाउँछ । धुम्रपानको कारण ओठ कालो भएमा चुन्दरको टुक्रा लिने र त्यसमा पेट्रोलियम जेली लगाएर ओठमा लगाउने गर्दा ओठ गुलाबी बन्दै जान्छ ।

बेसार र दुध

थोरै दुधमा बेसार मिसाएर ओठमा लगाउने र केही समय छोडिदिने । र त्यसपछि चिसो पानीले पखाल्ने गर्दा ओठ सफा हुँदै जान्छ ।

कागती

शरीरको सफाईका लागि कागती अत्यन्तै उपयोगी मानिन्छ । यसले कपालमा चाँया आउने समस्या पनि कम गर्छ । भने छालालाई सेतो पनि बनाउँछ । कागतीको सानो टुक्रा लिएर ओठमा लगाउने गर्दा ओठ पनि सफा हुन्छ ।

एक चम्चा चिनीमा दुई थोपा कागतीको रस मिसाउने र ओठमा लगाउने गर्दा पनि ओठको समस्या समाधान हुन्छ ।

प्रकाशित मितिः २०७७ फागुन २३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *