लुतोको घरेलु उपचार

भक्तपुर न्यूज

१६ फागुन २०७७ ११:०६

लुतोको घरेलु उपचार

काठमाडौं । शरीरमा स-साना दानाहरू हुन्छन्, तिनीहमा कमिलाले टोकेजस्तै चटचट छाला चट्किन्छ । व्यक्तिले त्यसलाई हातले या नङले कन्याउँछ । कहिलेकाहीँ रगत पनि निस्किन्छ । यसलाई नै लुतो भनिन्छ ।

कन्याउँदा छाला रातो हुन्छ एवं कहिलेकाहीँ पिप पनि आउँछ । विशेष गरी पसिना बढी आउनु, फोहरमा रहनु, सरफ र साबुनको प्रयोग बढी गर्नु, पेटमा किरा हुनु, धूलो एवं हावा या गर्मीबाट एलर्जी हुनु, पाचन विकार हुनु आदि कारणबाट लुतो हुने गर्छ ।

घरेलु उपचार

३ ग्राम जिरा र १५ ग्राम सिन्दूरलाई पिसेर सरसिउँको तेलमा पकाएर लेप लगाउनाले लुतो ठीक हुन्छ ।

सिधेनुन, पवारी ९एक प्रकारको झार० को बीउ सरसिउँ र पिप्पलीलाई मसिनो पिसेर लेप लगाउनाले लुतो ठीक हुन्छ ।

पारो र अमलासार गन्धकको धूलो, नीलोतुथो, बेसार, मेहेन्दी, कुट्की, अजवायन र मालकंगनी

यी सबैको चूर्ण र घिउमा पगालेको मैन यी सबै चीजहरुलाई गाईको घीउमा एक दिनसम्म घोटेर लगाउनाले लुतो ठिक हुन्छ ।

सरसिउँको तेलमा आँकको पातको रस र बेसार हाल्नुहोस् र जब सिद्ध हुन्छ तब उतारेर छान्नुहोस् यो तेल लगाउनाले लुतो ठिक हुन्छ ।

दिसासँग निस्कने सेता कीराहरुको कारणले हुने चिलाइमा अजवायन, वायुविडङ्ग एवं कचूरलाई पिसेर त्यसको चूर्ण सखरसँग खानाले किरा दिसाबाट निस्किन्छ, जसले गर्दा चिलाउने हट्छ ।

प्रकाशित मितिः २०७७ फागुन १६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *