उखुको जुसका फाइदाहरू के-के हुन् त ?

भक्तपुर न्यूज

१६ फागुन २०७७ ९:४७

उखुको जुसका फाइदाहरू के-के हुन् त ?

काठमाडौं । गर्मी मौसम सुरु भएको छ । गर्मी मौसममा मान्छेको शरीरमा पानीको मात्रा बढी आवश्यक हुने गर्छ । यो मौसममा पानीका साथै उखु लगायतको जुस पनि धेरै खाने गरिन्छ । तर उखुको जुसका फाइदाहरू के-के छन् त ?

गर्मी महिनामा उखुको जुस स्वादको लागि मात्रै नभएर शारीरिक समस्याको समाधानको लागि पनि पिउने गरिन्छ । विशेषगरी नेपालको तराई भेगमा यस्तो जुस धेरै खाने गरिन्छ । यसले एनिमिया, जण्डिस जस्ता रोगलाई निको पार्न सहयोगी भूमिका खेल्छ । अम्लपित्त रोगका लागि उखुको जुस धेरै फाइदाजनक मान्ने गरिन्छ । उखुमा मिनेरल, भिटामिन र एन्टिअक्सिडेन्ट अधिक मात्रामा पाउने गरिन्छ ।

जाडो मौसम सकिएर गर्मी मौसम सुरु भएपछि मान्छेमा रुघाखोकी ज्वरो जस्ता समस्या देखिन सक्छ । गर्मीमा हुने ज्वरो जस्ता समस्याहरु निको पार्नको लागि उखुको जुस प्रभावकारी हुने चिकित्सकहरू बताउँछन् । पौष्टिकताको हिसाबले एक गिलास उखुको जुसमा कमसेकम १८० क्यालोरी शक्ति मिल्ने गर्छ । यसमा थोरै कागती र नुन पनि मिसाएर पिउन सकिन्छ ।

डण्डीफोरबाट मुक्ति

नियमित उखुको जुस पिउनुले डण्डीफोर ठीक गर्ने गर्छ । उखुको रस निकालेको डाँठलाई २० मिनेटसम्म मास्कको रूपमा पनि लगाउन सकिन्छ । हप्तामा एकदिन यस्तो मास्क लगाउन सकिन्छ ।

शरीरमा शक्ति प्रदान गर्नको लागि

उखुको जुसले शरीरमा शक्ति प्रदान गर्ने एवं मान्छेलाई सधैं फ्रेस राख्न सहयोग गर्ने गर्छ ।

कमलपित्तबाट कम गर्न

कमलपित्त ठीक गर्नको लागि दैनिक २ गिलास उखुको जुसमा कागती वा नुन मिसाएर पिउनुपर्छ। यदि उखुको मौसम होइन भने पनि चिनी राखेको सर्वतमा कागती राखेर पनि खान सकिन्छ ।

मधुमेह कम गर्नु

यदि तपाईं मधुमेहको शिकार बन्नु भएको छ भने पनि उखुको जुस पिउन सक्नुहुन्छ । किनकि यसले शरीरमा ग्लुकोजको तहलाई सन्तुलित गराउने काम गर्छ ।

वान्ता रोक्न

गर्मी मौसममा उखुको जुस खानुले वान्ता रोक्न मद्दत गर्ने गर्छ । एक गिलास उखुको रसमा २ चम्चा मह राखेर खाँदा गर्मीमा हुने वान्ता रोक्न मद्दत गर्ने गर्छ ।

पिसाब पोल्ने समस्याको समाधान

उखुको जुसले गर्मीमा पिसाब पोल्ने समस्यालाई समाधान गर्ने गर्छ । साथमा मूत्रसम्बन्धी समस्या पनि समाधान गर्ने गर्छ ।

वजन नियन्त्रण गर्न

यसको स्वाद गुलियो हुनुका बाबजुद पनि यसले वजन नियन्त्रणमा भूमिका खेल्ने गर्छ । यसले हाम्रो शरीरबाट खराब कोलेस्ट्रोललाई नियन्त्रण गर्न मद्धत गर्ने गर्छ । यो घुलनशील फाइबरबाट भरिएको हुन्छ । जुन वजन कम गर्न मद्दत मिल्ने खालको हुन्छ ।

प्रकाशित मितिः २०७७ फागुन १६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *