चिकित्सकहरुले बढाए स्वास्थ्य परीक्षण शुल्क, कसको कति ? (विज्ञप्तिसहित)
काठमाडौं । अस्पतालको बहिरङ ‘ओपिडी’ शुल्क बढेको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल ‘अफिन’ को आज ‘बुधबार’ बसेको बैठकले स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय गरेको हो ।
बैठकले चिकित्सकले बिरामी जाँच गरेवापत लिन पाउने परामर्श शुल्क बढाउने निर्णय गरेको अफिन र चिकित्सक संघद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अफिन र चिकित्सक संघले माघ ४ गते गरेको सहमतिका आधारमा बहिरङ ‘ओपिडी’ शुल्क बृद्धि गर्ने निर्णय गरेको हो ।
ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ३ सय ७० देखि ८ सय २५ सम्म शुल्क लिन पाउने गरी निर्णय गरिएको हो । नेपाल राष्ट्र बैंकको मुद्रा स्फ्रिती तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क तोकिएको जनाइएको छ ।

प्रकाशित मितिः २०७७ फागुन ५ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
