अदुवा हालेको चिया पिउनु फाइदा कि बेफाइदा ?

भक्तपुर न्यूज

४ फागुन २०७७ ११:५०

अदुवा हालेको चिया पिउनु फाइदा कि बेफाइदा ?

काठमाडौं । जाडो होस् या गर्मी, मानिसहरु अक्सर अदुवा हालेको चिया पिउन मन पराउँछन् । चियाको पसलमा पनि सुनिन्छ– अदुवा थोरै थिचेर हालिदिनु न । तर, सधैं अदुवा हालेको चिया पिउँदा पनि केही नोक्सानहरु हुनसक्छन् । सधैं अदुवा हालेको चिया पिउँदा हुनसक्ने केही नोक्सानहरुः

एसिडिटी
अदुवा ठीक मात्रामा लिने हो भने त यसले धेरै लाभ दिन्छ । तर, जरुरतभन्दा धेरै अदुवा लिँदा एसिडिटी बढ्न सक्छ ।

ब्लडप्रेसर
जसको रक्तचाप उच्च छ, उनीहरुले उचित मात्रामा मात्र अदुवा लिनु पर्ने हुन्छ । बरु रक्तचाप कम हुनेहरुले अदुवा केही बढी लिँदा पनि फरक पर्दैन । तर, दुवैका लागि अदुवा धेरै लिनु राम्रो चाहिँ होइन । किनकि अदुवामा रगतलाई पातलो गर्ने गुण हुन्छ । यसले रक्तचाप कम हुनेको थप कम वा बढी हुनेको थप बढी हुने सम्भावना हुन्छ ।

मधुमेहका बिरामी
अदुवा खाँदा हाम्रो रगतमा चिनीको मात्रा पनि कमी हुन्छ । जसको रगतमा चिनीको मात्रा कम हुन्छ वा बढी हुन्छ, उनीहरुले पनि अदुवा धेरै हालेको चिया खानु हुँदैन ।

पखाला

अदुवा हालेको चिया अत्यधिक पिउँदा पखाला लाग्ने खतरा बढ्छ । अदुवाले पाचन प्रक्रियालाई सक्रिय बनाउँछ र बेचैनी पैदा गराउँछ ।

कपाल

अत्यधिक अदुवा हालेको चिया पिउँदा कपाल झर्ने समस्या पैदा हुन्छ । अदुवामा हुने जिन्जरोल नामक तत्वले कपाल बढ्न रोक्न सक्छ ।

निद्रा भाग्छ
रातमा त झन् अदुवा हालेको चिया पिउनै हुँदैन । यसले हामीलाई निद्रा लाग्न कम गर्छ । यसले हामीलाई झन् समस्यामा पारिदिन्छ ।

गर्भवती महिलाले पिउनु हुँदैन चिया
गर्भवती महिलालाई आधा कपभन्दा धेरै अदुवाको चिया पिउनु झन् हानीकारक हुन्छ । धेरै अदुवा खाँदा गर्भवती महिलालाई पेटमा समस्या पनि हुनसक्छ ।

कति खाने त अदुवा ?
सामान्य मानिसका लागि दैनिक ६ ग्राम अदुवा लिनु नै पर्याप्त हुन्छ । एक कप चियामा एक चम्चाको चारभागमध्ये एक भागमात्र अदुवा हालेको राम्रो मानिन्छ ।

प्रकाशित मितिः २०७७ फागुन ०४ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *