सुत्नुअघि यस्ता ४ खानेकुरा खाँदा स्वास्थ्यमा पर्न सक्छ गम्भीर असर

भक्तपुर न्यूज

१ फागुन २०७७ ८:२९

सुत्नुअघि यस्ता ४ खानेकुरा खाँदा स्वास्थ्यमा पर्न सक्छ गम्भीर असर

काठमाडौं । रातमा खाने खानेकुराले स्वास्थ्यमा असर पार्ने वा फाइदा पुर्याउँने कुराको निर्धारण गर्छ । केही खानेकुराहरु हामीले सुत्नुअघि सेवन गर्नुहुँदैन ।

केही व्यक्तिहरु सुत्नुअघि चिया पिउने आदत बनाएका हुन्छन् । जसले स्वास्थ्यलाई असर पुर्याउँछ । राति सुत्नुअघि चिया पिउँदा निन्द्रा हराउँछ ।

यस्तै, कोही व्यक्ति राति सुत्नुअघि भोक लाग्यो भने चिप्स खाने गर्छन् । तर, यस्तो बानी स्वास्थ्यका लागि बेफाइदाजनक हुन्छ । प्रोसेस्ड खानामा मोनोसोडियम ग्लूटेमेट अधिका मात्रा पाइने भएकाले अनिन्द्राको समस्या बढ्छ ।

रातको समयमा चक्लेट खाने बानीले निन्द्रामा असर पार्छ । चकलेटमा क्याफिनको मात्रा धेरै हुने भएकाले निन्द्राका लागि बाधक सावित हुन्छ ।

यसैगरी, राति सुत्नुअघि माछामासुको सेवन पनि स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । यस्ता खानेकुरा पाचन हुन लामो समय लाग्ने हुँदा पेटसम्बन्धी समस्याहरु पैदा हुन्छ ।

प्रकाशित मितिः २०७७ फागुन १


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *