टाइफाइड भएमा के गर्ने ? यस्ता छन् ५ घरेलु उपचार

भक्तपुर न्यूज

३० माघ २०७७ १०:४६

टाइफाइड भएमा के गर्ने ? यस्ता छन् ५ घरेलु उपचार

काठमाडौं । म्यादी ज्वरो अर्थात टाइफाइड एक प्रकारको ज्वरो हो । प्राय: गर्मीमा हुने भनिए पनि चिसो मौसममा टाइफाइड हुँदै नहुने हैन । दुसित पानी र प्रदुषित खाद्य पदार्थको सेवनबाट यो रोग लाग्छ ।

टाइफाइड हुँदा शरीर शिथिल हुनगइ एक्कासी ज्वरो बढ्छ । बाहिरको खाना बढी रुचाउने भएकाले यो रोगबाट केटाकेटीहरु बढी प्रभावित हुने गर्दछन् ।

घरेलु उपचार

१. तुलसी र मरिच
टाइफाइडका रोगीलाई तुलसी एकदमै फाइदाजनक हुन्छ । मरिचको पाँच दाना र चार पत्ता तुलसीलाई पिसेर पेस्ट तयार गर्ने । यस पेस्टलाई पानीसँग मिलाएर नियमित पिउने ।

२. गाजर
टाइफाइडको रोगमा गाजरको रसको सेवन पनि लाभदायक हुन्छ । साथै काचो गाजर सेवन गर्दा पनि टाइफाइडमा फाइदा पुग्छ ।

३. लसुन
टाइफाइडले कलेजोमा नराम्ररी संक्रमण गर्छ । यस्तो अवस्थामा लसुनको २र४ पोटी भुटेर खाली पेटमा खाएमा यसले लाभ दिन्छ ।

४. मह
टाइफाइटबाट बच्ने अर्को घरेलु सामाग्रीमा मह पनि एक हो । एक कप तातो पानीमा दुई चम्चा मह मिसाएर पिएमा टाइफाइडमा लाभ पुग्दछ ।

५. पुदिना
पुदिनाको सेवनले ज्वरो ठिक हुन्छ । टाइफाइडको कारण कसैलाई उच्च ज्वरो आयो भने एक कप पानीमा पुदिना र अदुवाको रस मिसाएर पिउन दिएमा चाँडै लाभ पुग्दछ ।

टाइफाइड लागेर उपचार गर्नुभन्दा सकेसम्म रोग लाग्न नदिन सतर्कता अपनाउनु पर्छ । साथै फोहोर एवम् दुषित पानीको सेवनबाट बच्नु पर्दछ । त्यस्तो पानीको प्रयोग गरेका फलफूल, सब्जी पनि सेवन गर्नु हुँदैन । साथै बाहिर पाइने खानेकुरा खानबाट बच्नु पर्दछ । एजेन्सी

प्रकाशित मितिः २०७७ माघ ३० शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *