नङ टोक्ने बानी छ ? लाग्न सक्छ यस्तो घातक रोग
काठमाडौं । हामीलाई हाम्रै कतिपय बानीहरुका बारेमा जानकारी हुँदैन । हामी केही काम तथा कुराहरु आफूलाई जानकारी नभइ पनि गरिरहेका हुन्छौं । मुखबाट जिब्रो निकाली रहने, आँखा झिम्क्याइरहने, नाक कोट्याइरहने, टाउको चिलाइरहने तथा नङ टोकिरहने बानीहरु हामीमध्ये धेरैको हुन्छ ।
ती बानीका बारेमा हामीलाई नै थाहा हुन्न, यद्यपि हामी ती कार्यहरु गरिरहेका हुन्छौं । तीनै बानीहरुमध्येको एक हो नङ टोक्ने बानी ।
के तपाईंको पनि नङ टोक्ने बानी छ ?
यदि छ भने समयमै होशियार हुनु होला । किनभने नङ तोक्ने बानीले विभिन्न प्रकारका घातक रोगहरु समेत लाग्न सक्ने बताइएको छ । किनभने नङमा विभिन्न प्रकारका रोगका किटाणुहरु हुन्छन्, जसले हाम्रो स्वास्थ्यलाई हानी पुर्याउँछ ।
भनिन्छ, नङ टोक्नु भनेको तनावग्रस्त हुनुको संकेत हो । तर हामी हाम्रो नङ टोक्ने बानीबाट हामी सजिलै छुट्कारा पाउन सक्दैनौ । तपाईंको त्यस्तो बानीका कारण स्वास्थ सम्बन्धि विभिन्न समस्याहरु उत्पन्न हुन्छ ।
फोहोर नङ चपाउनाले रोगका किटानुहरु शरीर भित्र प्रवेश गर्छ
नङमा साल्मोनेला र ईकोलाई जस्ता रोगहरु उत्पन्न गर्ने किसिमका ब्याक्टेरियाहरु हुन्छन् । जब तपाईं दाँतले नङ टोक्नु हुन्छ, ब्याक्टेरिया सजिलै तपाईंको मुख भित्र प्रवेश गर्छ । यस्तो स्थितिमा तपाईं बिरामी पर्नु हुन्छ । विभिन्न सर्वेक्षणहरुका अनुसार हाम्रो नङ हाम्रो औंलाको टुप्पो भन्दा दुई गुणा वढि फोहोर हुन्छ । त्यसैले नङ चपाउन हाम्रो लागि अति नै हानीकारक हुन सक्छ ।
छालाको संक्रमण हुनसक्छ
नङ टोक्नाले नङ वरपरका छालाको कोशिकाहरुलाई पनि हामी पुग्छ । यस्तो अवस्थामा पेरोनिसियाबाट पीडित हुने पनि खतरा हुन्छ । यो एउटा छलाको संक्रमण हो, जुन नङको वरपरको छालामा हुन्छ ।
दाँत पनि बिग्रन्छ
नङ चपाउनाले दाँतमा एकदम नराम्रो असर पर्छ । नङबाट निस्कने फोहोरले तपाईंको दाँतलाई कमजोर बनाउन थाल्छ । एउटा सर्वेक्षण अनुसार धेरै नङ टोक्ने मानिसहरुलाई धेरै तनाव हुन्छ । जुन व्यक्तिमा नङ टोक्ने बानी छ, त्यो व्यक्तिलाई तनाव छ भन्ने संकेत प्राप्त हुन्छ । नङ टोक्दा नङमा समावेश भएका फोहोरहरु दाँतसम्म पुगिरहेको हुन्छ, जसले दाँत कमजोर हुन थाल्छ ।
छालामा हुनसक्छ घाउ
बारम्बार नङ टोक्ने मानिसहरु डर्मेटोफेजिया नामक रोगको शिकार हुन सक्छन् । यो रोग लागे पछि छालामा घाउ हुन थाल्छ । घाउ बढ्दै गयो भने त्यसको इन्फेसनले नसामा पनि हानी पुर्याउँन सक्छ ।
क्यान्सरको समेत खतरा
सधै नङ टोक्नाले अन्द्राको क्यान्सर हुन्छ । वास्तवमा नङ टोक्दा नङमा समावेश ब्याक्टेरिया हाम्रो आन्द्रासम्म पुग्छ र क्यान्सर जस्तो घातक रोग पनि लाग्न सक्छ ।
प्रकाशित मितिः २०७७ माघ २७ मंगलबार