छाला सुन्दर बनाउन मन छ ? यस्ता छन् कागतीमा लुकेका फाइदाहरु
काठमाडौं । कागती एक प्राकृतिक औषधि हो र यसले सबै किसिमका छालालाई प्रभावकारी रूपमा सुन्दर राख्छ । भिटामिन बी र सी भरपूर हुने कागतीले समयअगावै आउने बुढ्यौलीबाट बचाउँछ ।
पीएच लेभल यसमा उच्च हुने भएकाले यसले छालाको प्राकृतिक तेललाई सन्तुलनमा राख्छ । यसमा भएको भिटामिन सीले छालालाई कस्छ र चाउरी पर्न दिँदैन । ग्लिसरिन र गुलाफपानी मिसाएर छालामा लगाउँदा यसको प्राकृतिक सौन्दर्य खुलेर आउँछ ।
कागतीले कपाललाई पनि सुन्दर बनाउँछ । कागतीले प्राकृतिक क्लीन्जरको काम गर्छ, यसमा प्राकृतिक ब्लीचिङको गुण हुन्छ । यसले शिरको छाला र कपालको जरालाई स्वस्थ राख्छ ।
शिरले छालाको प्वाल सफा राख्न सहायता गर्छ । यसमा भएको एन्टीफंगल गुणहरूका कारण चायाँ आउन पाउँदैन । कागती रसको नियमित उपयोगले खप्परको पीएच लेभललाई सन्तुलनमा राख्न मद्दत गर्छ ।
कागतीको रस सीधै छालामा लगाउन हुँदैन किनकि छाला संवेदनशील हुनाले यसले डढाइदिने सम्भावना रहन्छ । यसमा बेसन, चामलको पीठो र मह मिसाएर उपयोग गरिएमा छाला सुन्दर बन्छ । सात दिन लगातार कागतीलाई बेसन र महसँग मिसाएर उपयोग गर्नुभएमा छालाको सौन्दर्यमा निखार स्पष्टसँग देखिन्छ ।
प्रकाशित मितिः २०७७ माघ १६ शुक्रबार