ओमानमा कोरोना खोपको दोस्रो डोज आज सुरु

भक्तपुर न्यूज

४ माघ २०७७ ५:०२

ओमानमा कोरोना खोपको दोस्रो डोज आज सुरु

काठमाडौं। ओमानले फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोपको दोश्रो डोज आज सुरु गर्दैछ ।

ओमानको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ विरूद्ध खोपको लागि राष्ट्रिय अभियानको कार्यान्वयनको तालिका अनुरूप खोपको दोस्रो डोज आइतबार सुरु हुने जनाएको छ । पहिलो डोज प्राप्त गर्ने सबैलाई दोस्रो डोज दिइने पनि जनाइएको छ ।

खोप सुरु भएदेखि जनवरी १५ तारिख सम्ममा २४ हजार २०४ जनाले पहिलो डोज लिइसकेको मन्त्रालयले जनाएको छ । कोभिड–१९ विरूद्धको राष्ट्रिय अभियानको अन्तिम हप्ताहरूमा गरिएका प्रयासहरू र उल्लेखनीय समुदायको प्रतिक्रियाको स्वास्थ्य मन्त्रालयको सह्राना गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सबैको ठोस प्रयासलाई निरन्तरता दिन, व्यक्ति र समाजलाई रोकथाम प्रदान गर्ने लक्ष्य हासिल गर्न यस अभियानलाई सफल बनाउन कडा परिश्रम गरिरहनुपर्नेमा मन्त्रालयले जोड दिएको छ । ओमानमा नेपालीसहित बिदेशी श्रमिकहरुले पनि यो खोप निःशुल्क रुपमा प्राप्त गरिरहेका छन् ।

प्रकाशित मितिः २०७७ माघ ०४ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *