भारतमा कोरोना भाइरसविरुद्धको प्रतिखोप दुई सयदेखि दुई सय ९५ रुपैयाँसम्म पर्नसक्ने
काठमाडौं । भारतमा कोरोना भाइरसविरुद्धको प्रतिखोपलाई दुई सयदेखि दुई सय ९५ रुपैयाँसम्म पर्नसक्ने अनुमान गरिएको छ । केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले मङ्गलबा दिएको जानकारीअनुसार प्रत्येक खोपको खर्च दुई सयदेखि दुई सय ९५ रुपैयाँसम्म पर्नसक्नेछ ।
भारतमा कोभिशिल्ड र कोभ्याक्सीन गरी दुई वटा खोप आपतकालीन अवस्थामा प्रयोग गर्न आधिकारिक निकायले अनुमति दिएको छ । भारतले अहिलेसम्म कोरोनाविरुद्धको ५४ लाख खोप भण्डारण गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । पहिलो चरणमा यो खोप देशका विभिन्न ठाउँमा वितरण गरिने छ ।
भारतमा यही जनवरी १६ तारिखदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्ने तयारी भइरहेको महानिर्देशक भूषणले जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३