स्‍नातक तहका विपन्‍न विद्यार्थीलाई निःशुल्क अनलाइन डाटा

भक्तपुर न्यूज

१४ कार्तिक २०७७ ९:४१

स्‍नातक तहका विपन्‍न विद्यार्थीलाई निःशुल्क अनलाइन डाटा

 काठमाडौं । विद्यार्थी वित्तीय सहयोग कार्यक्रमले स्नातक तहमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई निःशुल्क अनलाइन डाटा प्रयोग गर्न दिने भएको छ।  कोभिड–१९ ले विपन्न वर्गका विद्यार्थी अनलाइन कक्षा पढ्न समस्या भएको भन्दै कार्यक्रमले निःशुल्क डाटा सेवा दिन लागेको हो।

सहयोग कार्यक्रमा एक कर्मचारीका अनुसार उच्च शिक्षा अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरूको समतामूलक  पहुँच  सम्बन्धमा उत्पन्न समस्या न्यूनीकरण गर्नको लागि यो कार्यक्रम ल्याइएको हो।

‘हाल नियमित रूपमा स्नातक तह अध्ययनरत विपन्न वर्गको सिकाइमा सहयोग पुर्‍याउनको लागि यो कार्यक्रम ल्याएका छौँ,’उनले भनिन्,‘यो महामारीको बेला अनलाइन कक्षामा कोही वञ्चित हुनुनपरोस् भन्ने हाम्रो चाहना हो। यही कात्तिक २१ गते सम्म अनलाइन फाराम भर्न सक्नेछन्। सूचना जारी गरेर सबैलाई जानकारी पनि गराएका छौँ।’

उनका अनुसार विद्यार्थीले कार्यक्रमको वेबसाइटमा गएर अनलाइन फाराम भर्न सक्नेछन्। विद्यार्थीले अनलाइन फर्म भर्दा क्याम्पस प्रमुखको नाम,फोन र क्याम्पसको इमेलसहित भरेर पठाउनुपर्ने छ।

प्रकाशित मितिः २०७७ कार्तिक १४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *