देशकै ठूलो ४०० केभीको ढल्केवर सबस्टेसन निर्माण सम्पन्न

भक्तपुर न्यूज

६ कार्तिक २०७७ ९:५८

देशकै ठूलो ४०० केभीको ढल्केवर सबस्टेसन निर्माण सम्पन्न

काठमाडौं । ढल्केवरमा ४०० केभीको सबस्टेसन तयार भएको छ । बुधबार रातिदेखि सो सबस्टेसन नो लोडमा चार्ज भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

उक्त सबस्टेसन हालसम्मकै उच्च क्षमताको हो। प्राधिकरणका १३२ र २२० केभीका मात्र सबस्टेसन थिए। सबस्टेशन बनेसँगै अब ढल्केवर-मुजफ्फपुर प्रसारण लाइनमा १२०० मेगावाटसम्म बिजुली प्रवाह गर्न सकिनेछ।

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाका अनुसार यसबाट विद्युत आयात र निर्यात गर्न निकै सजिलो हुने भएको छ। तामाकोसी जलविद्युत आयोजना ४५६ मेगावाट तयार हुँदैछ। सो ट्रान्समिसन लाइनबाट उक्त बिजुली प्रवाह गर्न सकिन्छ।

सबस्टेसनको २०७४/७५ देखि टेण्डर प्रक्रिया सुरू भएको थियो। करिब साढे दुई वर्षको निर्माण अवधिपछि सबस्टेसन तयार भएको हो। नेपाल र भारत बीचको ढल्केवार-मुजफ्फरपुर लाइन ४०० केभीका लागि तयार भए पनि सबस्टेसनको कारण सुरूमा १३२ केभी मात्र थियो। आर्थिक वर्ष २०७५र७६ मा २२० केभीमा चार्ज भएको थियो।

प्रकाशित मितिः २०७७ कार्तिक ०६ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *