लगातार तेस्रो दिन नेप्से दोहोरो अंकले बढ्यो, परिसूचक १६०० अंक नजिक
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेको छ। सोमबारदेखि लगातार दोहोरो अंकले सुधारिँदै आएको नेप्से आज १३ अंकले बढेको हो।
सोमबार १३ र मंगलबार १२ अंकले उकालो लागेको नेप्से आज पनि १३ अंकले बढेपछि परिसूचक एक हजार ६०० अंक नजिक पुगेर रोकिएको छ।
यस क्रममा आज एक अर्ब ६३ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ भने ५५ लाख कित्ता सेयर खरिदबिक्री भएका छन्। बजारमा उत्साहजनक सुधार आए पनि कारोबार भएकामध्ये चार समूहमा गिरावट आएको छ।
आज होटल १५, जलविद्युत १४, वित्त ०.६, उत्पादनमूलक ६ अंकले घटेका हुन्।
ती बाहेक बैंक, व्यापार, विकास बैंक, निर्जीवन बीमा कम्पनी, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहमा भने सुधार आएको छ।
प्रकाशित मितिः २०७७ कार्तिक ०५ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३१ असार २०८२ १२:१५