सुनको मूल्य घट्दा चाँदिको स्थिर
काठमाडौं । आइतबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रवारको तुलनामा सुनको मूल्यमा २ सय रुपैयाँ कमि आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रवार ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएकोे थियो ।
आइतवार तेजावी सुन पनि प्रतितोला २ सय रुपैयाँले ओरालो लाग्दै ९४ हजार २ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । चाँदी भने गत शुक्रबारको तुलनामा स्थीर रहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक ०२ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
