जोन्सन एण्ड जोन्सनको कोरोनाबिरुद्धको भ्याक्सिनको परीक्षण स्थगित

भक्तपुर न्यूज

२७ असोज २०७७ ७:२५

जोन्सन एण्ड जोन्सनको कोरोनाबिरुद्धको भ्याक्सिनको परीक्षण स्थगित

काठमाडौं। विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको कारण अहिले विश्वका धेरै देश प्रभावित भइरहेका छन् । कोरोनाकै कारण विश्वमा धेरै मानिसहरुले ज्यान पनि गुमाइसकेका छन् ।

यस्तो अवस्थामा विभिन्न कम्पनीले बनाएको कोरोनाभाइरसविरुद्धको खोपले मानिसहरुलाई केही आशा दिएको छ । यस्तै कोरोनाविरुद्धको खोप बनाएको एक कम्पनी हो जोन्सन एन्ड जोन्सन ।

यस्तै हालै औषधि निर्माता कम्पनी जोन्सन एन्ड जोन्सनले कोरोनाविरुद्धको खोप परीक्षण तत्कालका लागि रोकेको छ । सोमबार कम्पनीले एक विज्ञप्ति जारी गर्दै एक जना सहभागी बिरामी भएको भन्दै कोरोनाविरुद्धको खोप परीक्षण तत्कालका लागि स्थगित गरिएको जानकारी दिएको हो ।

विज्ञप्तिमा कम्पनीले एक जना सहभागी बिरामी भएपछि अस्थायी रुपमा कोरोना खोपका सबै क्लिनिकल ट्रायल स्थगित गरिएको जनाएको छ ।

करिब ६० हजार व्यक्तिलाई परीक्षणमा सहभागी गराउने बताएको यस कम्पनीले तेस्रो चरणको परीक्षणका लागि सहभागी हुने व्यक्ति छनोट गरिरहेको थियो। एजेन्सी

प्रकाशित मितिः २०७७ असोज २७ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *